बैशाख महिनाका लागि वाणिज्य बैंकहरुले घटाए ब्याजदर

बैशाख महिनाका लागि वाणिज्य बैंकहरुले घटाए ब्याजदर

बैंक खबर । अधिकांश वाणिज्य बैंकहरुले बैशाख महिनाका लागि निक्षेपको ब्याजदर घटाएका छन् । बैंकहरुले शुक्रबार सार्वजनिक गरेको नयाँ ब्याजदर तालिकाअनुसार मुद्दती निक्षेपको ब्याजदर चैत महिनाको तुलनामा औसत ०.१८ प्रतिशत विन्दुले घटाएका छन् । 

चैत महिनामा वाणिज्य बैंकहरुको औसत ब्याजदर ७.२५ प्रतिशत थियो । वैशाखमा त्यो घटेर ७.०७ प्रतिशतमा झरेको छ । 
बैंकहरुले सार्वजनिक गरेको ब्याजदर सूचनाअनुसार १३ वटा वाणिज्य बैंकले ब्याजदर घटाएका छन भने दुई वटाले बढाएका छन् । बाँकी पाँच वटाले स्थिर राखेका छन् । 

एनएमबि बैंक र एभरेष्ट बैंकले ब्याजदर बढाएका छन् । प्राइम कमर्सियल बैंक, सानिमा बैंक, नेपाल बैंक, कुमारी बैंक, सिद्धार्थ बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, राष्ट्रिय वाणिज्य बैंक, नेपाल एसबिआई बैंक, लक्ष्मी सनराइज बैंक, प्रभु बैंक, माछापुच्छ«े बैंक, ग्लोबल आइएमई बैंक, एनआईसी एशिया बैंकले ब्याजदर घटाएका छन् । 

कृषि विकास बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, स्टान्डर्ड चार्टर्ड बैंक, नबिल बैंक र हिमालयन बैंकले चैत महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । 

सबैभन्दा बढी ब्याजदर एनएमबि बैंकले तोकेको छ । एनएमबिले पाँच वर्ष वा सोभन्दा बढी अवधिको व्यक्तिगत निक्षेपमा सात दशमलव ९७ प्रतिशत ब्याज दिने भएको छ । व्यक्तिगत निक्षेपमा सबैभन्दा कम कृषि विकास बैंकले ५.६६६१ प्रतिशत ब्याजदर तोकेको छ ।
 

All financial information at your fingertips.


भिडियो हेर्नुहोस

शेयर गर्नुहोस