कृषि विकास बैंकद्वारा विद्यार्थीसँग बैंक कार्यक्रम सञ्चालन

कृषि विकास बैंकद्वारा विद्यार्थीसँग बैंक कार्यक्रम सञ्चालन

बैंक खबर । कृषि विकास बैंकले धनुषाको यदुकुहामा विद्यार्थीसँग बैंक कार्यक्रम सञ्चालन गरिएको छ । बैंकको मधेश प्रदेश कार्यालय जनकपुरधामको आयोजनामा शहीदनगर नगरपालिका वडा नं। ३ स्थित जनता एकता प्राविधिक माध्यमिक विद्यालयमा बुधवार विद्यार्थीसँग बैंक कार्यक्रम सञ्चालन भएको हो । 

‘ग्लोबल मनि विक’को अवसर पारेर बैंकद्वारा आयोजित कार्यक्रममा विद्यालयको कक्षा ११ र १२ मा अध्ययनरत व्यवस्थापन संकाय तर्फका विद्यार्थीहरु र सोही विद्यालयका शिक्षकहरुको सहभागितामा उक्त कार्यक्रम आयोजना गरिएको कार्यालयका सूचना अधिकारी जयराम शर्माले जानकारी दिएका छन् । बैंकका मधेश प्रदेश निर्देशक तिलक प्रधानको अध्यक्षता सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथीको रुपमा बैंकका उपमहाप्रबन्धक डा।बाबुकाजी थापा थिए । 

करिब ९० जनाको सहभागिता रहेको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक प्रदीप साह, व्यवस्थापन संकायका संयोजक गजेन्द्र यादव, बैंकका कर्मचारीहरु महेश साह, रामसेवक साह, संजीव यादव, स्थानीय अगुवा कृषक कन्हैया प्रसाद मुखिया लगायतको उपस्थिति थियो । 
 
कार्यक्रममा प्रशिक्षण गर्दै उपमहाप्रबन्धक डा।थापाले बालबालिकाहरुले बेलैमा बचत गर्ने बानीको विकास, पुँजिको संकलन, रकमको सदुपयोग जस्ता विषयमा ध्यान दिनुपर्ने बताए । उनले आर्थिक अवस्था सुदृढ गर्न घर मुलि, परिवारको सदस्य सबैको भूमिका हुने भएको हुँदा आम्दानीको बढी अंश उत्पादनमूलक क्षेत्रमा खर्च लगाउनुपर्नेमा जोड दिए । सोही कार्यक्रममा प्रशिक्षण दिदै उपमहाप्रबन्धक डा।थापाले सहभागि विद्यार्थीहरुलाई बैंकिङ्ग प्रणाली, कृषि विकास बैंकमा उपलब्ध डिजिटल प्रोडक्टहरु, पैसा राख्ने तरिका, सफा नोट जस्ता विषयमा जानकारी गराए । 
 
बचत, बचतको सदुपयोग, पैसाको सुरक्षा, डिजिटल प्रोडक्टका विशेषताहरु विषयमा छोटो समयमा सहज तरिकाले जानकारी पाइएको हुँदा कार्यक्रम निकै उपलब्धिमूलक भएको सहभागि विद्यार्थीहरुले बताए । 
 
विश्व बैंकको आह्वानमा यस वर्ष मार्च १८ देखि मार्च २४सम्म ‘प्रोटेक्ट योर मनि, प्रोटेक्ट योर फ्युचर’ नारासहित ‘ग्लोबल मनि विक’को रुपमा मनाइएको छ । 
 
 

All financial information at your fingertips.


शेयर गर्नुहोस