निफ्राको ६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

निफ्राको ६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

बैंक खबर । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को ६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा आएको छ । बैंकले सूचना जारी गरेर संस्थापक सेयर बिक्री गर्न लागेको जानकारी गराएको छ । 

बैंकले संस्थापक सेयरधनी बोधप्रसाद त्रिपाठीको नाममा रहेको ६ लाख कित्ता सेयर बिक्री गर्न लागेको हो । यो सेयर विद्यमान सेयरधनीले खरिद गर्न चाहेमा ३५ दिनभित्र आवे्दन दिन सक्नेछन् । 

तोकिएको समयभित्र संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेमा अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्ने प्रक्रिया सुरु गरिने बैंकले जनाएको छ ।  
 

All financial information at your fingertips.


शेयर गर्नुहोस