पाकिस्तानको रेमिट्यान्स एक महिनामै २६.२ प्रतिशतले बढ्यो

पाकिस्तानको रेमिट्यान्स एक महिनामै २६.२ प्रतिशतले बढ्यो

अन्तर्राष्ट्रिय । पाकिस्तानको केन्द्रीय बैंक (एसबिपी)ले सन् २०२४ को जनवरी महिनामा रेपिट्यान्स आप्रवाह बढेको तथ्यांक सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले विदेशमा कार्यरत पाकिस्तानी कामदारहरूले पठाएको विप्रेषण अघिल्लो वर्षको जनवरी महिनाको तुलनामा यसवर्ष जनवरीमा २६.२ प्रतिशतले बढेको उल्लेख गरेको छ । 

जनवरी महिनामा मात्रै २.३ अर्ब अमेरिकी डलर रेमिट्यान्स भित्रिएको केन्द्रीय बैंकले जनाएको छ । गतवर्ष जनवरीमा १.९ अर्ब अमेरिकी डलर रेमिट्यान्स भित्रिएको थियो । 

चालू आर्थिक वर्षको पहिलो सात महिना (सन् २०२३ जुलाईदेखि सन् २०२४ जुन)सम्म विप्रेषण आय १५.८ अर्ब डलर पुग्ने प्रक्षेपण पनि केन्द्रीय बैंकले गरेको छ । 

All financial information at your fingertips.


शेयर गर्नुहोस