रावा इनर्जिले पुस १७ गते साधारणसभा गर्ने

रावा इनर्जिले पुस १७ गते साधारणसभा गर्ने

कर्पोरेट । रावा इनर्जि डेभलपमेन्टले पुस १७ गते, मंगलबार, बानेश्वर बैंक्वेट, काठमाडौँमा चौथो वार्षिक साधारणसभा डाकेको छ। साधारणसभा दिउसो १ बजेबाट सुरु हुनेछ ।

कम्पनीले साधारणसभा प्रयोजनका लागि पुस २ गते सेयरधनी दर्ता किताब बन्द गर्ने भएको छ।  पुस १ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरु कम्पनीको साधारणसभामा सहभागि हुन पाउनेछन् । 

सभाले सर्वसाधारण समूहको तर्फबाट १ जना र संस्थापक सेयरधनीहरुको तर्फबाट १ जना गरी दुई जना सञ्चालकको निर्वाचन गर्ने छ । यस्तै लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।


शेयर गर्नुहोस