साना किसान विकास लघुवित्तले २० प्रतिशत लाभांश वितरण गर्ने

साना किसान विकास लघुवित्तले २० प्रतिशत लाभांश वितरण गर्ने

बैंक खबर । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । लघुवित्तको मंसिर २४ गते बसेको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजन सहित ५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित सो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीमा वितरण हुनेछ । 

All financial information at your fingertips.


शेयर गर्नुहोस