१५ प्रतिशत लाभांश प्रस्तावसहित चिलिमेले बोलायो वार्षिक साधारणसभा

१५ प्रतिशत लाभांश प्रस्तावसहित चिलिमेले बोलायो वार्षिक साधारणसभा

बैंक खबर । चिलिमे जलविद्युत कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव सहित साधारणसभा बोलाएको छ। कम्पनीले पुस २० गते २७औँ वार्षिक साधारणसभा डाकेको हो । 

साधारणसभामा १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव लैजाने भएको छ । प्रस्तावित लाभांशमध्ये १० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनसहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

मंसिर २२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव सहित साधारणसभा बोलाउने निर्णय गरेको हो ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस ८ गते एक दिन सेयरधनी दर्ता किताब बन्द गर्ने भएको छ । पुस ५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीले कम्पनीको साधारणसभामा सहभागिता जनाउन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

All financial information at your fingertips.


शेयर गर्नुहोस