ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृतम कपिल ढकाल नियुक्त

ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृतम कपिल ढकाल नियुक्त

बैंक खबर । ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा कपील ढकाल नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको २०८० मंसिर २० गते बुधबार सम्पन्न ४७१औँ बैठकले ढकाललाई बैंकको प्रमुखकार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो । 

ढकालसँग बैंकिङ क्षेत्रको उच्च व्यवस्थापन तहमा करिब १५ वर्ष भन्दा बढीको अनुभव छ । ढकाल यसअघि ज्योति विकास बैंकको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा आवद्ध थिए । 

चार्टर्ड एकाउन्टेन्ट ढकालसँग डिलोइट इन्डिया, आईसीआईसीआई बैंक इन्डिया, हाम्रो विकास बैंकको प्रमुखकार्यकारी अधिकृत तथा एनआईसी एसिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्य गरेको अनुभव छ । उनी एनआईसी एसिया क्यापिटल लिमिटेड र एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाका अध्यक्ष थिए । अहिले उनी ज्योति क्यापिटल लिमिटेडको अध्यक्ष पनि छन् ।  

नव–नियुक्त सीईओ ढकालको यस क्षेत्रमा रहेको लामो कार्य अनुभव तथा कुशल व्यवस्थापकीय क्षमताले उनको नेतृत्वमा आगामी दिनमा बैंकलाई थप सबल, ग्राहकमैत्री र सुदृढ बैंकको रुपमा स्थापित हुने विश्वास बैंकले लिएको छ ।

आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्वअन्तर्गत समाजिक कार्यमा गर्ने योगदान भन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति उत्तरदायी बनेको बैंकले नागरिकको सर्वोत्तमहित सदा उच्च प्राथमिकतामा राखेको छ । संस्थागत शुशासनलाई शिरोपर गरी ग्राहकवर्ग, कर्मचारी, नियामकनिकाय, सेयरधनी र समग्र सरोकारवालाको हकहितमा योगदान पुर्याउन बैंक सँधै प्रतिवद्ध रहेको जनाएको छ ।

ज्योति विकास बैंकले हाल एक सय २१ शाखाकार्यालय, तीन विस्तारित काउन्टर तथा ७५ वटा एटीएममार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।
 

All financial information at your fingertips.


शेयर गर्नुहोस