मुक्तिनाथ कृषि कम्पनीको आईपीओ बाँडफाँट

मुक्तिनाथ कृषि कम्पनीको आईपीओ बाँडफाँट

बैंक खबर । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। मंसिर १९ गते, मंगलबार, सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।

कम्पनीले मंसिर ८ गतेदेखि १२ गतेसम्म सर्वसाधारणका लागि ११ लाख ४८ हजार कित्ता सेयर निष्काशन गरेको थियो। 

कुल १३ लाख ४० हजार १९९ आवेदन परेको थियो । परेका आवेदनमध्ये १२ लाख ७४ हजार ५६७ आवेदन स्वीकृत भएका छन् भने बाँकी रद्द भएका छन्।

मागभन्दा बढी आवेदन परेका कारण धितोपत्र बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा प्रक्रियाबाट आईपीओ बाँडफाँट भएको छ। जसअनुसार १ लाख १४ हजार ८०० आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् । 

All financial information at your fingertips.


शेयर गर्नुहोस