ब्याजदर घटेपनि रोकिएन सेयरबजारको गिरावट

ब्याजदर घटेपनि रोकिएन सेयरबजारको गिरावट

बैंक खबर । मंसिर महिनाका लागि अधिकांश बैंकहरुले ब्याजदर घटाएकाले सेयर बजार बढ्ने अपेक्षा गरिएको थियो । तर मंसिरको पहिलो कारोबार भएको दिन सोमबार बजार सामान्य रह्यो भने मंगलबार २३ दशमलव ८२ अंकले घट्यो । नेप्से परिसूचक १८२९.६५ विन्दुमा कायम भएको छ । 

सामान्यतया ब्याजदर र पुँजी बजारबीच विपरित सम्बन्ध हुन्छ । अर्थात ब्याजदर बढ्दा सेयरबजारको सूचक घट्छ भने ब्याजदर घट्दा बढ्छ । तर मंगलबार बजारले उल्टो प्रवृति देखाएको छ । यसरी बजार घट्नुको मुख्य कारण भनेको पहिलो त्रैमासिकमा धेरैजसो कम्पनीको वित्तीय विवरण खराब आउनु हो । अधिकांश बैंक तथा वित्तीय संस्थाको नाफा गतवर्षको भन्दा खस्किएको छ । केही नोक्सानीमै गएका छन् । 

मंगलबार कारोबारमा आएका २३७ कम्पनीमध्ये २०१ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ । ३१ कम्पनीको सेयरमूल्य बढेको छ भने पाँच कम्पनीको स्थिर रहेको छ । दिनभर ९५ करोड चार लाख ७९ हजार पाँच सय ८३ रुपैयाँ बराबरको ३६ लाख ७५ हजार १०१ कित्ता सेयर किनबेच भएको छ । 

यसदिन लगानीकर्ताको सम्पत्ति ३६ अर्ब रुपैयाँले घटेको छ । बजार पुँजीकरण २८ खर्ब २१ अर्ब एक करोड ८१ लाख ८७ हजार आठ सय ८० बराबर पुगेको छ ।

म्युचुअल फन्ड समूह शून्य दशमलव ४२ प्रतिशतले बढेको छ भने अरु सबै समूहको सूचक घटेका छन् । सबैभन्दा धेरै उत्पादन समूहको उपसूचक तीन दशमलव १२ र लघुवित्त समूहको दुई दशमलव ८९ प्रतिशतले घटेको छ ।
 
मेन्छियम हाइड्रोपावर लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरै आठ दशमलव १३ प्रतिशतले बढेको छ । यस्तै, सबैभन्दा धेरै माथिल्लो मैलुङखोला लिमिटेडको सेयर मूल्य नौ दशमलव ७४ प्रतिशतले घटेको छ । 

कारोबार रकमका आधारमा सबैभन्दा धेरै हिमालयन डिस्टिलरी लिमिटेड सात करोड ७८ लाख २९ हजार दुई सय ३८ रुपैयाँको सेयर किनबेच भएको छ । 

All financial information at your fingertips.


शेयर गर्नुहोस