माछापुच्छ्रे बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत

माछापुच्छ्रे बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत

बैंक खबर । माछापुच्छ्रे बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । 

बैंकले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको १३.३० प्रतिशत बराबरको १ करोड ३६ लाख ४२ हजार १७ कित्ता बोनस सेयर सेयरधनीमा वितरण गरेको थियो । सोही लाभांश मंगलबार नेप्सेमा सूचीकृत भएको हो । 

सूचीकृत भएको सेयर सेयरधनीको हितग्राही खातामा आएपछि दोस्रो बजारमा खरिदबिक्री गर्न सकिने छ । 

All financial information at your fingertips.


शेयर गर्नुहोस