मुक्तिनाथ कृषि कम्पनीले मंसिर ८ गते आईपीओ निष्काशन गर्ने 

मुक्तिनाथ कृषि कम्पनीले मंसिर ८ गते आईपीओ निष्काशन गर्ने 

बैंक खबर । मुक्तिनाथ विकास बैंकको प्रमुख लगानीमा स्थापना भएको मुक्तिनाथ कृषि कम्पनीले मंसिर ८ गतेबाट सर्वसाधारणका लागि सेयर बिक्रीमा ल्याउने भएको छ । कम्पनीले मंसिर ८ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको हो। पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट भएपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले जारी पूँजी ७० करोड रुपैयाँको २० प्रतिशतले हुने १४ करोड रुपैयाँ बराबरको सेयर बिक्री निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो। जसमध्ये पहिलो चरणमा १० प्रतिशत अर्थात १ करोड ४० लाख रुपैयाँ बराबरको १ लाख ४० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ। यस्तै ४२ हजार कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारी र ७० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याई बाँकी रहेको ११ लाख ४८ हजार कित्ता सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो । 
कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता देखि अधिकतममा १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ।

आईपीओका लागि मंसिर १२ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिभित्र पूर्ण आवेदन नपरेमा निष्काशन अवधि मंसिर २२ गतेसम्म लम्बिनेछ।


 

All financial information at your fingertips.


शेयर गर्नुहोस