भदौसम्म ६ खर्ब ३ अर्बको नोट चलनचल्तीमा

भदौसम्म ६ खर्ब ३ अर्बको नोट चलनचल्तीमा

बैंक खबर । भदौसम्म बजारमा ६ खर्ब ३ अर्ब रुपैयाँ नेपाली नोट चलनचल्तीमा रहेको देखिएको छ । गत आर्थिक वर्षको भदौमा भन्दा ९ अर्ब बढी नोट चलनचल्तीमा आएको हो । गतवर्ष भदौमा ५ खर्ब ९४ अर्ब रुपैयाँको नोट चलनचल्तीमा थियो । 

बैंकिङ प्रणालीमा तरलता बढेपछि मुद्राको चलनचल्ती पनि बढेको छ । तर गत असारको तुलनामा चलनचल्तीमा रहेको नोट २२ अर्ब रुपैयाँले घटेको छ । गत असारमा ६ खर्ब २५ अर्ब रुपैयाँबराबरको नोट चलतचल्तीमा थियो । 

नेपाल राष्ट्र बैंंकले बजारमा १, २, ५, १०, २०, २५, ५०, १००, ५०० र १००० रुपैयाँ दरबा नोट चलनचल्तीमा छन् । 
 

All financial information at your fingertips.


शेयर गर्नुहोस