माछापुच्छ्रे बैंकका ग्राहकलाई ओम हस्पिटलमा विशेष छुट

माछापुच्छ्रे बैंकका ग्राहकलाई ओम हस्पिटलमा विशेष छुट

बैंक खबर । माछापुच्छ्रे बैंकका ग्राहक र कर्मचारीले ओम हस्पिटल एण्ड रिसर्च सेन्टरमा विशेष छुट पाउने भएका छन् । यस सम्बन्धमा बैंक र हस्पिटलबीच सम्झौता भएको छ । 

सम्झौतापत्रमा बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत विश्वम्भर न्यौपाने र हस्पिटलका प्रमुख कार्यकारी अधिकृत यमबहादुर महतले हस्ताक्षर गरेका छन् । 

सम्झौता अनुसार बैंकका ग्राहक र कर्मचारीले अस्पतालमा रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापी लगायत सेवामा विशेष छुट पाउने छन्। 
 

All financial information at your fingertips.


शेयर गर्नुहोस