असोजका लागि बैंकहरुले सार्वजनिक गरे नयाँ ब्याजदर, ७ बैंकले बढाए ब्याजदर

असोजका लागि बैंकहरुले सार्वजनिक गरे नयाँ ब्याजदर, ७ बैंकले बढाए ब्याजदर

बैंक खबर । वाणिज्य बैंकहरुले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । केही बैंकले भदौको तुलनामा ब्याजदर बढाएका छन् । केहीले घटाएका छन् । 

आज ब्याजदर सार्वजनिक गरेका वाणिज्य बैंकहरुमध्ये ७ वटाले ब्याजदर बढाएका छन भने ६ वटाले घटाएका छन् । ४ वटाले भदौकै क्याजदरलाई निरन्तरता दिएका छन् । तीन वटा वाणिज्य बैंकले ब्याजदर प्रकाशित गर्न बाँकी छ । 

हिमायलन बैंक, एभरेष्ट बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्राइम कमर्सियल बैंक, नबिल बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक र नेपाल एसबिआई बैंकले भदौ महिनाको तुलनामा ब्याजदर बढाएका छन् । 

लक्ष्मी सनराइज बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, ग्लोबल आइएमई बैंक, कुमारी बैंक, सिटिजन्स बैंकले ब्याजदर घटाएका छन् । प्रभु बैंक, माछापुच्छ«े बैंक, एनएमबि बैंक, सिद्धार्थ बैंकले भदौ महिनाको ब्याजदरलाई नै निरन्तरता दिएका छन् । 

असोज महिनाका लागि सबैभन्दा धेरै हिमालयन बैंकले १.०६४ प्रतिशत विन्दुले ब्याजदर बढाएको छ । हिमायलनले व्यक्तिगत मुद्दति निक्षेपमा ११.०५४ प्रतिशत पु¥याएको छ । भदौमा हिमालयनले व्यक्तिगत मुद्दतिमा ९.९९ प्रतिशत ब्याज दिएको थियो । 

व्यक्तिगत मुद्दतिमा सबैभन्दा धेरै ब्याज दिने बैंक प्राइम कमर्सियल बैंक रहेको छ । यो बैंकले अधिकतम ब्याजदर ११.३५८ प्रतिशत तोकेको छ । 

सबैभन्दा धेरै ब्याजदर घटाउनेमा नेपाल बैंक छ । नेपाल बैंकले व्यक्तिगत मुद्दतिको अधिकतम ब्याजदरमा १.६०३ प्रतिशत ब्याजदर घटाएर ९.२९३ प्रतिशतमा झारेको छ । 

All financial information at your fingertips.


शेयर गर्नुहोस