राष्ट्र बैंकले २४ अर्ब रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने

राष्ट्र बैंकले २४ अर्ब रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने

बैंक खबर । नेपाल राष्ट्र बैंकले २४ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्रीमा ल्याएको छ । केन्द्रीय बैंकले यसअघि बिक्री भई परिपक्व भएका ट्रेजरी बिलहरु नवीकरण गर्न बोलकबोल खुलाएको हो । 

साउन ३० गते जारी हुने २८ दिने, ९१ दिने र १८२ दिने ट्रेजरी बिलको नवीकरण गर्न भोलि सोमबार बोलकबोल गर्ने भएको हो । राष्ट्र बैंकले २८ दिनका लागि १० अर्ब रुपैयाँ, ९१ दिनका लागि ८ अर्ब रुपैयाँ र १८२ दिनका लागि ६ अर्ब रुपैयाँको ट्रेजरी बिलको नवीकरण गर्नेछ । यी ट्रेजरी बिल क्रमशः भदौ २६ गते, कात्तिक २८ गते र फागुन १ गते परिपक्व हुनेछन् । 

यी ट्रेजरी बिलको बोलकबोल सोमबार दिउँसो ३ बजे अनलाइन माध्यमबाट हुनेछ । बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन् । 

बोलकबोलमा सबैभन्दा बढी मूूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड हुनेछ । 
 

All financial information at your fingertips.


शेयर गर्नुहोस