नेपाल पुनर्बीमामा साढे पाँच अर्बको दाबी, ३० प्रतिशत भुक्तानी

नेपाल पुनर्बीमामा साढे पाँच अर्बको दाबी, ३० प्रतिशत भुक्तानी

बीमा खबर । गत आर्थिक वर्षमा नेपाल पुनर्बीमा कम्पनीमा झण्डै साढे पाँच अर्बको दाबी परेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार ५ अर्ब ४२ करोड ७४ लाख रुपैयाँको दाबी परेको हो । 

यसमध्ये १ अर्ब ६५ करोड ८३ लाख रुपैयाँ भुक्तानी दिएको छ । जुन कुल दाबी रकमको ३०.५५ प्रतिशत हो । अब ३ अर्ब ७६ करोड ९२ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको कम्पनीले जनाएको छ । 

कम्पनीले जीवन बीमातर्फ १२ करोड ८० लाख रुपैयाँ र निर्जीवन बीमातर्फ ३ अर्ब ४४ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको विवरणमा देखिन्छ । 
 

All financial informaiton at your fingeritps.


शेयर गर्नुहोस