सन् नेपाल लाइफले साउन ३२ गतेदेखि प्रिमियममा आईपीओ निष्काशन गर्ने

सन् नेपाल लाइफले साउन ३२ गतेदेखि प्रिमियममा आईपीओ निष्काशन गर्ने

बीमा खबर । सन् नेपाल लाइफ इन्स्योरेन्सले साउन ३२ गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर निष्काशन गर्ने भएको छ । इन्स्योरेन्सले वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि आईपीओ निष्काशन गरी बाँडफाँट गरेपश्चात सर्वसाधारणका लागि बिक्री निष्काशन गर्न लागेको हो । 

इन्स्योरेन्सले नेपाल धितोपत्र बोर्डबाट आफ्नो जारी पुँजी ३ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ९६ करोड रुपैयाँ बराबरको ९६ लाख कित्ता प्रतिकित्ता १३९ रुपैयाँ प्रिमियम थप गरी २३९ रुपैयाँमा बिक्री निष्काशन गर्न अनुमति पाएको थियो । 

वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट भई बाँकी भएको सेयरमध्ये ४ लाख ८० हजार कित्ता सामूहिक लगानीकोष र ४ लाख ८० हजार कित्ता कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित राखेर बाँकी रहेको ७६ लाख ८० हजार कित्ताका सेयर सर्वसधारणमा बिक्री गर्नेछ । 

सर्वसधारणले अंकति मूल्यमा १३९ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३९ रुपैयाँमा आईपीओ भर्न पाउनेछन् । लगानीकर्ताले साउन ३२ गतेदेखि भदौ ४ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा माग भएजति आवेदन नपरे भदौ १४ गतेसम्म बिक्री निष्काशन खुल्ला रहनेछ । लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । 

All financial information at your figneritps.


शेयर गर्नुहोस