नेपाल एसबिआई बैंकको ऋणपत्र खुल्यो

नेपाल एसबिआई बैंकको ऋणपत्र खुल्यो

बैंक खबर । नेपाल एसबिआई बैंकले आज (साउन १८ गते) देखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले वार्षिक ९ प्रतिशत ब्याजदरको १० वर्ष अवधिको ऋणपत्र निष्काशन गरेको हो । ऋणपत्रको नाम ‘९ प्रतिशत नेपाल एसबिआई बैंक ऋणपत्र २०८९’ रहेको छ । 

बैंकले एक हजार रुपैयाँ अंकित दरका २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । निष्काशन गर्न लागेको कुल ऋणपत्रमध्ये ६० प्रतिशतले हुने १ अर्ब २० करोड रुपैयाँको १२ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने छ । बाँकी ४० प्रतिशत अर्थात ८० करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सर्वसाधारणमा बाँडफाँट गरिनेछ । सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ४० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको बैंकले जनाएको छ ।

ऋणपत्रमा आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्थवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपछि कर कट्टा गरी भुक्तानी गरिने बताइएको छ ।

ऋणपत्र खरिद गर्न इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्ता देखि अधिकतम ८ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । 

लगानीकर्ताले आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो शेयर एप तथा अनलाइनबाट आवेदन दिन सक्नेछन् । ऋणपत्र निष्काशनका लागि बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ । 

All financial information at your fingertips.


शेयर गर्नुहोस