आईएमई लाइफको आईपीओमा आजसम्म आवेदन दिन सकिने

आईएमई लाइफको आईपीओमा आजसम्म आवेदन दिन सकिने

बीमा खबर । असार २१ गतेदेखि निष्काशन तथा बिक्री खुल्ला भएको आईएमई लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज (असार २५ गते) अन्तिम दिन रहेको छ । इन्स्योरेन्सले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थपेर २३६ रुपैयाँ ९१ पैसामा बिक्री गर्नेगरी सर्वसाधारणका लागि शेयर निष्काशन गरेको हो । 

इन्स्योरेन्सले जारी पुँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतका दरले हुने १ अर्ब २० करोड रुपैयाँको १ करोड २० लाख कित्ता शेयर सार्वजनिक निष्काशन गरेको हो । यसमध्ये १२ लाख कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरी बाँडफाँट भइसकेको छ । यस्तै, निष्काशित शेयरको पाँच प्रतिशत (६ लाख कित्त) शेयर सामूहिक लगानी कोष र ५ प्रतिशत (६ लाख कित्ता) शेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याएको छ । बाँकी रहेको ९६ लाख कित्ता शेयर सर्वसाधारण लगानीकर्तामा बिक्री गर्न लागेको हो । 

आईपीओमा सर्वसाधारणले न्यूनतम १० कित्ता देखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सकनेछन् । 
लगानीकर्ताले आईपीओमा आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो शेयर एप्लिकेसनबाट आवेदन दिन सक्नेछन् । शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड हो ।

इन्स्योरेन्सको आईपीओले क्रेडिट रेटिङ्ग कम्पनी केयर रेटिङ्ग नेपालबाट केयर एनपी त्रिपल बी इस्यूअर रेटिङ्ग पाएको छ । जसले इन्स्योरेन्सको क्रेडिट जोखिम बहन गर्ने क्षमता मध्यमस्तरको रहेको देखाउँछ । 

All financial information at your fingertips.


शेयर गर्नुहोस