नेप्सेले सुरु गर्यो सिमुलेटर प्रणाली, यसरी प्रयोग गर्नुहोस् 

नेप्सेले सुरु गर्यो सिमुलेटर  प्रणाली, यसरी प्रयोग गर्नुहोस् 

शेयर खबर । नेपाल स्टक एक्सचेन्जले भर्चुअल ट्रेड म्यानेजमेन्ट सिस्टम (सिमुलेटर) सञ्चालनमा ल्याएको छ । नेप्सेले प्रेस विज्ञप्ति जारी गरेर परीक्षणको रुपमा यो व्यवस्था सञ्चालन गरिएको जनाएको हो । नेप्सेले दोस्रो बजारमा सम्भावित लगानीकर्तालाई प्रविधिमा अभ्यस्त बनाउन सिमुलेटर परीक्षण गरिएको जनाएको छ । 

नेप्सेको अनलाइन प्रणालीमा कसरी कारोबार हुन्छ ? भनेर व्यवहारिक ज्ञान प्रदान गर्ने शैक्षिक प्रयोजनका लागि यो प्रणाली ल्याएको जनाएको छ । 

प्रयोगकर्ताले demotrading.nepalstock.com मा गएर यो प्रणाली प्रयोग गर्न सकनेछन् । प्रयोगकर्ताले सिुमुलेटरमा प्रवेश गरी खरिद वा विक्री आदेश राखेपछि प्रणालीले नै प्रति आदेश (Counter Order) राखेर कारोबार सम्पन्न गराउनेछ । 

All banking information at your fingertips

विस्तृतमा हेर्नुहोस् 

 


शेयर गर्नुहोस