शेयर लगानीकर्ता र सरकारबीच सहमति

शेयर लगानीकर्ता र सरकारबीच सहमति

बैंक खबर । अर्थमन्त्री डा. प्रकाशशरण महत र शेयर लगानीकर्ताबीच शेयर कारोबारमा पूँजीगत लाभकरका बिषयमा सहमति भएको छ । 

आज (आइतबार) भएको छलफलमा अर्थमन्त्री र लगानीकर्ताबीच सहमति भएको हो । पूँजीगत लाभकर ५ र ७.५ प्रतिशत नै अन्तिम हुने गरी सहमति भएको लगानीकर्ताले बताएका छन् ।

समझदारी पत्रमा दुवै पक्षले हस्ताक्षर गरेपछि बजार खुलेकाे छ । लगानीकर्ताले करकाे विषयमा प्रष्ट नभएको भन्दै चार दिनदेखि आन्दोलन गरिरहेका थिए । आज बिहानै देखि ब्रोकर कार्यालयमा ताला लगाएर कारोबार रोकेका थिए।

सहमतिपछि अर्थमन्त्रालयले प्रष्ट पारिएको सूचना निकालेको छ । 


शेयर गर्नुहोस