सिटिजन्स बैंकका ग्राहकलाई रञ्जना सिनेप्लेक्समा छुट

सिटिजन्स बैंकका ग्राहकलाई रञ्जना सिनेप्लेक्समा छुट

बैंक खबर । सिटिजनस बैंक इन्टरनेशनल र काठमाडौंको न्युरोडस्थित रञ्जना सिनेप्लेक्सबीच बैंकका ग्राहकलाई छुट दिने सम्झौता भएको छ । 

सम्झौता अनुसार बैंकको कार्ड र मोबाइल बैंकिङबाट रञ्जनामा टिकट खरीद गर्दा ५ प्रतिशत छुट हुने छ । 
बैंकले यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने र नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास लिएको छ । 

डिजिटल बैंकिङ माध्यमको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल भुक्तानी प्रोत्साहन गर्न विभिन्न समयमा यस किसिमका ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याउँदै आएको बैंकले जनाएको छ । डिजिटल कारोबार गर्दा पाइने छूटसम्बन्धी विस्तृत विवरण बैंकको वेबसाइटमा उपलब्ध रहेको छ । 
 

All financial information at your fingertips.


शेयर गर्नुहोस