नेपालमा बीमा व्यवसायको विकास 

नेपालमा बीमा व्यवसायको विकास 

बीमा खबर । नेपालमा बीमा इतिहास धेरै पुरानो छैन् । वि.सं. २००७ सालको क्रान्तिभन्दा पहिले रघुपति जुट मिल (वि.सं. २००३), जुद्ध म्याज फ्याक्ट्री, विराटनगर कटन मिल, वीरगन्ज कटन मिल स्थापना भएका थिए । तिनको वित्तीय सहयोगको निम्ति नेपाल बैंक लिमिटेड वि.सं. १९९४ मा स्थापना भएपछि औद्योगिक प्रतिष्ठानको स्थापनाको साथै बीमा कम्पनीको आवश्यकता महसुस भएको थियो । बैंकले कर्जा प्रवाह गर्दा केही भारतीय बीमा कम्पनीले नेपालमा निर्जीवन बीमा सुरु गरेको पाइन्छ ।

बीमाको आवश्यकताको फलस्वरुप नेपाल बैंक लिमिटेडको सक्रियतामा वि.सं. २००४ सालमा नेपाल माल चलानी तथा बीमा कम्पनीको स्थापना भयो । यो संस्था नेपाल कम्पनी ऐन अन्तर्गत पाँच लाखको मुलधनमा नेपाल बैंक लिमिटेडको पूर्ण स्वामित्वमा स्थापना भएको थियो । वि.सं.२०१६ सालमा यो कम्पनी नेपाल इन्स्योरेन्स एन्ड ट्रान्सपोर्ट कम्पनी लिमिटेडमा परिवर्तन भयो । यसलाई वि.सं. २०४८ सालमा नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको नाममा पूर्ण रुपले निर्जीवन बीमाको कार्य गर्ने गरी पुनः नामाकरण गरियो । 

वि.सं. २००७ सालको राजनीतिक परिवर्तनले देशमा विकासको लहर आउन थाल्यो । यातायातको विकासको साथै कलकारखानाहरु खुल्न थाले । व्यापार व्यवसायको विकास हुन थाल्यो । वि.सं. २०२५ साल अघि सम्म धेर्र भारतीय बीमा कम्पनीहरु नेपाल आए र गए पनि । त्यस बखतसम्म स्थायी रुपमा रहेको बीमा कम्पनी मध्ये रुवी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड (हाल नेशनल इन्स्योरेन्स कम्पनी), दि ओरियन्टल इन्स्योरेन्स कम्पनी लिमिटेड, स्टर्लिङ इन्स्योरेन्स कम्पनी लिमिटेड (पछि दि ओरियन्टल इन्स्योरेन्स कम्पनी लिमिटेडमा गाभिएको) आथि प्रमुख थिए । वि. सं. २०२४ साल पौष १ गते एक करोडको अधिकृत पूँजीमा राष्ट्रिय बीमा संस्थान प्रा.लि.को स्थापना भयो । 
राष्ट्रिय बस्मा सस्थान ऐन, २०२५ आएपछि यसलाई राष्ट्रिय बीमा संस्थानमा परिवर्तन गरियो । यसले स्थापनाको प्रारम्भमा निर्जीवन बीमाको कार्य गरी वि.सं. २०२९ देखि जीवन बीमा प्रारम्भ ग¥यो ।

वि.सं. २०४६ साल अगाडि बीमा व्यवसाय गर्ने निजी स्तरको कम्पनीको रुपमा वि.सं. २०४४ सालमा नेशनल लाइफ एन्ड जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको मात्र स्थापना भएको थियो । यसले सुरुमा निर्जीवन बीमा व्यवसाय र त्यसको दुई वर्षपछि मात्र जीवन बीमा व्यवसाय गर्ने गरी स्वीकृति पाएको थियो । 

नेपालमा प्रजातन्त्रको पुर्नवहाली पश्चात् आ.व. २०४६÷०४७ मा नेपाल सरकारले अपनाएको आर्थिक उदारीकरणको फलस्वरुप बीमा क्षेत्र पनि निजीस्तरका लागि खुल्ला हुन पुग्यो । फलस्वरुप विभिन्न निर्जिवन तथा जीवन बीमा कम्पनीहरुले बीमा व्यवसाय गर्ने इजाजत पाए । हालसम्म २० वटा निर्जीवन, १९ वटा जीवन र १ वटा पुर्नबीमा गरी कुल ४० वटा बीमा कम्पनीहरु नेपालको बीमा बजारमा कार्यरत छन् ।

All financial information at your fingertips.


शेयर गर्नुहोस