शेयर बजारमा आधारभुत, प्राविधिक र मनोविज्ञानको विश्लेषण किन गरिन्छ ?

शेयर बजारमा आधारभुत, प्राविधिक र मनोविज्ञानको विश्लेषण किन गरिन्छ ?

आधारभुत विश्लेषण
माग भन्दा आपूर्ति बढी भए मूल्य घट्ने र आपूर्ति भन्दा माग बढी भए मूल्य बढ्ने जुन अर्थशास्त्रको सर्वमान्य सिद्धान्त हो । तर माग र आपूर्तिलाई नै प्रभाव पार्ने तत्वहरुको विषयमा निकै जटील संयन्त्र रहेको छ । शेयर बजार विश्लेषणका तीन फरक सिद्धान्त मध्ये आधारभूत विश्लेषण बौद्धिक तथा गहन अध्ययन हो । जस अन्तर्गत शेयरको मूल्यलाई प्रभाव पार्ने तत्वहरुको विषयमा जानकार रहन वस्तुको उत्पादन शुरुवाती देखि यसको अन्तिम उपभोग नहुन्जेल सम्मका सबै चरणहरुको बारेमा ज्ञान हुनु पर्दछ । माग र आपूर्तिलाई प्रभाव पार्ने तत्वहरुको विषयमा सतही ज्ञान हासिल गरी गरिने विश्लेषण नै आधारभुत विश्लेषण हो । आर्थिक विश्लेषण प्राकृतिक प्रभाव, राजनैतिक प्रभाव साँस्कृतिक प्रभाव संस्थागत प्रभाव आदि सम्बन्धिको विश्लेषण आधारभुत विश्लेषण अन्तर्गत पर्दछ ।

प्राविधिक विश्लेषण
प्राविधिक विश्लेषण मूल्य कारोवार परिमाण तथा अन्य चरहरुको प्रयोग गरी गणितीय रेखाङ्कन विधिद्वारा प्रवृति पत्ता लगाउने सजिलो उपाय हो । मूल्यमा हुने तिब्र उतारचढावको कारण शेयर कारोवारमा आधारभूत विश्लेषणको अध्ययन गरी लगानी गर्न सक्नु निकै नै चुनौतिपूर्ण तथा जटिल कुरा हो । आर्थिक तत्वहरुको मात्र सही विश्लेषण गरेर पुग्दैन । बजारमा देखा पर्ने ट्रेण्डको समेत विश्लेषण गर्न सक्नुपर्छ । जुनकुरा वित्तीय विश्लेषक तथा अर्थविद् भएर मात्र सम्भव हुदैन । कारोवारमा व्यवहारीक ज्ञान तथा अनुभवले महत्वपूर्ण हिस्सा लिने गर्दछ । बृहत आर्थिक तत्वहरुलाई कम महत्व दिदै कारोवार सहयोगीको रुपमा प्राविधिक विश्लेषणलाई लिने गरिन्छ ।

मनोविज्ञानको विश्लेषण
आधारभुत र प्राविधिक विश्लेषण मात्र गरेर शेयर बजारमा पुग्दैन्। कतिपय अवस्थामा बजारमा रहने लगानीकर्ताको मनोविज्ञानको अध्ययन समेत गर्न सक्नुपर्छ । लगानीकर्ताले कुन कम्पनीको शेयर किन्न चाहीरहेका छन र किन किन्न चाहन्छन भन्ने पत्तालगाउनु जटिल विषय हो । त्यसैले आधारभुत तथा प्रविधिक विश्लेषण गरेर मात्र बजारबाट फाइदा लिन मुस्किल पर्छ । त्यसैले लगानीकर्ताको मनोविज्ञानको विश्लेषण गर्नु चुनौतिपूर्ण मानिन्छ । लगानीकर्ताको मनोविज्ञानको विश्लेषण शेयर कारोबारको अवस्था, भोलुम लगायतका सूचकहरुको अध्ययनबाट थाहा पाउन सकिन्छ । यसमा समयको पनि निकै महत्व रहन्छ । 
 

All financial information at your fingertips.


शेयर गर्नुहोस