निर्जीवन बीमा कम्पनीलाई व्यवसाय प्रवद्र्धनमा खर्च गर्न निर्देशन

निर्जीवन बीमा कम्पनीलाई व्यवसाय प्रवद्र्धनमा खर्च गर्न निर्देशन

बीमा खबर । निर्जीवन बीमा कम्पनीहरुले आफ्नो व्यवसाय प्रवद्र्धन र प्रचारका लागि खुद बीमाशुल्कको १.५ प्रतशत खर्च गर्नुपर्ने भएको छ । नेपाल बीमा प्राधिकरणले बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ लाई संशोधन गरी यस्तो निर्देशन दिएको हो । 

निर्देशनमा भनिएको छ ‘निर्जीवन बीमा व्यवसाय गर्ने बीमकले बीमकको व्यवस्थापन खर्च अन्तर्गत अतिथि सत्कार, व्यापार प्रवद्र्धन, विज्ञापन तथा प्रचार प्रसार र अभिकर्ता अन्य शीर्षकमा खुद बीमाशुल्कको बढीमा १.५ प्रतिशतसमम खर्च गर्न सक्नेछ ।’

यो व्यवस्था अनुसार बीमकले गर्ने खर्चको कुल रकममा कम्तीमा २५ प्रतिशत रकम विज्ञापन तथा प्रचार प्रसार शीर्षकमा खर्च गर्नुपर्नेछ ।
 

All financial information at your fingertips.


शेयर गर्नुहोस