यूनाइटेड अजोड इन्स्योरेन्सले डाक्यो वार्षिक साधारणसभा, लाभांश पारित गर्ने

यूनाइटेड अजोड इन्स्योरेन्सले डाक्यो वार्षिक साधारणसभा, लाभांश पारित गर्ने

२०८२ असार ९ गते सोमबार । 

बीमा खबर । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले यही असार ३० गते काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेटमा वार्षिक साधारणसभा बोलाएको छ । सो सभा बिहान साढे १० बजे शुरु हुनेछ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरेको हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश पारित गर्नेछ । 

त्यसैगरी, यसअघि १५ प्रतिशत हकप्रद वितरण गर्ने प्रस्ताव पारित भएकोभएपनि सभाले बोनस सेयर वितरण पश्चात कायम चुक्ता पूँजीको १० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि पारित गर्नेछ । यस्तै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालकहरुको नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले असार १९ गते एक दिन बुकक्लोज गर्ने भएको छ। त्यसैले असार १८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले इन्स्योरेन्सको साधारणसभामा सहभागिता जनाउन र त्यहाँबाट पारित भएको बोनस सेयर प्राप्त गर्न सक्नेछन् । 


शेयर गर्नुहोस