प्रभु इन्स्योरेन्सको लाभांश घोषणा, १८ प्रतिशत बोनस सेयर दिने

२०८२ असार ९ गते सोमबार ।
बीमा खबर । प्रभु इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
इन्स्योरेन्सको असार ८ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १८ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनका लागि ०.९४७४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
सञ्चालक समितिको लाभांश वितरण गर्ने प्रस्ताव नियामक नेपाल बीमा प्रधिकरण र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीमा वितरण हुनेछ ।