नेप्सेमा गिरावट, ९ अर्बको कारोबार

नेप्सेमा गिरावट, ९ अर्बको कारोबार

२०८२ असार ८ गते आइतबार । 

काठमाडौँ । सेयरबजारमा कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले घटेको छ । आज नेप्से ३२.९३ अंकले घटेर २५९५.९७ विन्दुमा कायम भएको छ । 

आज ९ अर्ब १४ करोड ५८ लाख ५८ हजार ५१० रुपैयाँ बराबरको २ करोड १५ लाख ४७ हजार ५५ कित्ता सेयर किनबेच भएको छ ।

आज जोशी हाइड्रोको सेयर मूल्य सबैभन्दा बढी ९.९८ प्रतिशतले बढेको छ । सप्तकोशी डेभलपमेन्ट बैंकको ५.६० प्रतिशतले बढेको छ ।

त्यस्तै पियोर इनर्जीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ भने युनियन हाइड्रोको सेयर मूल्य ६.२४ प्रतिशतले घटेको छ । 

आज सबै भन्दा बढी कारोबार दोर्दी खोला जल विद्युतको शेयर ७५ करोड ७३ लाख बराबरको कारोबार भएको छ ।


शेयर गर्नुहोस