वित्तीय प्रणालीमा २५ करोड रुपैयाँ पठाउँदै राष्ट्र बैंक

२०८१ माघ २५ गते शुक्रबार ।
बैंकको खबर । नेपाल राष्ट्र बैंकले २५ करोड रुपैयाँ वित्तीय प्रणालीमा पठाउन लागेको छ । केन्द्रीय बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको रकम निक्षेप लगानीको रुपमा बैंक तथा वित्तीय संस्थामा राख्न लागेको हो ।
निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले माघ २८ गतेभित्र ब्याजदर सहित प्रस्ताव गर्न सूचना जारी गरेको छ । राष्ट्र बैंकले यो पैसा २०८१ फागुन ६ गेदेखि २०८२ फागुन ६ गतेसम्म निक्षेप राख्न लागेको जनाएको छ ।
राष्ट्र बैंकले वाणिज्य बैंकहरुमा २० करोड रुपैयाँ, राष्ट्रिय स्तरका विकास बैंकहरुमा तीन करोड ७५ लाख रुपैयाँ र राष्ट्रिय स्तरका फाइनान्स कम्पनीहरुमा एक करोड २५ लाख रुपैयाँ निक्षेप राखिने जनाएको छ ।
निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्था योग्य हुनका लागि तोकिएका सर्तहरु भने पुरा भएको हुनुपर्ने राष्ट्र बैंकले जनाएको छ ।
All banking information at your fingertips.