बीमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुवेदी नियुक्त

बीमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुवेदी नियुक्त

बीमा खबर । नेपाल बीमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुशिलदेव सुवेदी नियुक्त भएका छन् । प्राधिकरणको पदपूर्ति समितिको बैठकले सुवेदीलाई कार्यकारी निर्देशक नियुक्त गरेको हो ।

सुवेदीले कार्यसम्पादन मूल्याङ्कनमा सबैभन्दा धेरै नम्बर प्राप्त गरेका छन् । उनी ७७.१९४ अङ्क पाएर कार्यकारी निर्देशक बन्न सफल भएका हुन् । यसअघि सुवेदी प्राधिकरण सञ्चालक समितिको सचिव र प्रवक्ताको जिम्मेवारीमा थिए । प्राधिकरणको कार्यकारी निर्देशकमा सुवेदीसहित निर्देशकहरू कमल रेग्मी र पुजन ढुंगेल प्रतिस्पर्धामा थिए ।

गत जेठ १२ गते कार्यकारी निर्देशक पदबाट राजुरमण पौडेलको अनिवार्य अवकाश भएपछि सो पद रिक्त थियो ।


शेयर गर्नुहोस