सेयरबजारमा करेक्सन, नेप्से ११ अंकले घट्यो

सेयरबजारमा करेक्सन, नेप्से ११ अंकले घट्यो

२०८१ माघ १० गते बिहीबार । 

बैंकको खबर । सेयरबजारमा करेक्सन देखिएको छ । चार कारोबार दिनसम्म बढेको नेप्से परिसूचक आज ११ दशमलव १० अंकले घटेर दुई हजार छ सय ५४ दशमलव ३५ विनदुमा कायम भएको छ । 

सात अर्ब ८५ करोड ७७ लाख ९२ हजार तीन सय २६ रुपैयाँ बराबरको एक करोड ५१ लाख चार हजार ३३ कित्ता सेयर किनबेच भएको छ । 

कारोबार भएका २४३ कम्पनीमध्ये १४९ वटाको सेयरमूल्य घट्दा बजार दबाबमा परेको हो । ८६ कमपनीको सेयरमूल्य घटेको छ भने आठ वटाको स्थिर रहेको छ । 

सामुदायिक लघुवित्त वित्तीय संस्था, कर्पोरेट डेभलपमेन्ट बैंक र सिक्लेस हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । साथै सुपर मादी हाइड्रोपावर र मन्दाकिनी हाइड्रोपावरको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।  

कारोबार रकमका आधारमा सप्तकोशी विकास बैंकको ३० करोड ८९ लाख २९ हजार ६५ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

All banking information at your fingertips.


शेयर गर्नुहोस