सुनको मूल्य तोलामा एक हजार पाँच सय रुपैयाँले घट्यो
२०८१ पुस २१ गते आइतबार ।
बजार । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुन प्रतितोला एक हजार पाँच सय रुपैयाँ घटेको छ ।
छापावाल सुन प्रतितोला एक लाख ५२ हजार रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो कारोबार दिन शुक्रबार सुन प्रतितोला एक लाख ५३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी प्रतितोला १ हजार ८ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।