तरलता अभाव फेरी बढेको हो ? वित्तीय प्रणालीमा २५ अर्ब पठाउँदै राष्ट्र बैंक

तरलता अभाव फेरी बढेको हो ? वित्तीय प्रणालीमा २५ अर्ब पठाउँदै राष्ट्र बैंक

बैंक खबर । नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा २५ अर्ब रुपैयाँ पठाउन लागेको छ । राष्ट्र बैंकले तरलताको दबाब परीक्षण गर्नका लागि सो रकम ट्रेजरी बिल्स सोझै खरीद बोलकबोल (आउट राइट पर्चेज) मार्फत पठाउन लागेको हो । 

केन्द्रीय बैंकले वित्तीय प्रणालीमा तरलता अभाव हुन नदिन ट्रेजरी बिल्सको सोझै खरिद बोलकबोल गर्ने गर्दछ । यो औजारको प्रयोग वित्तीय प्रणालीमा तरलता अभाव भएके बेला हुने गर्दछ । 

राष्ट्र बैंकले यो औजार चैत १६ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेभित्र बोलकबोलको समे तोकेको छ । बोलकबोलमा सहभागी भएक बिल्सहरु शुक्रबार खरिद गरिने राष्ट्र बैंकले जनाएको छ । 

२०८० असार मसान्तसम्म भुक्तानी मिति भएका नेपाल सरकारका ट्रेजरी बिल्स मात्रै सोझै खरिद गरिने पनि राष्ट्र बैंकले जनाएको छ । काउन्टरपार्टीले विक्री गर्न चाहेको खण्डमा तोकिएको भुक्तानी मिति भएको नेपाल सरकारको ट्रेजरी बिल्सको सिरिज नम्बर र परिमाण उल्लेख गरेर बोलकबोलमा सहभागी हुन सक्नेछन् । 

राष्ट्र बैंकले चालु आर्थिक वर्षमा आउट राइट पर्चेज गर्न लागेको यो पाँचौ पटक हो । यसअघि चारपटक गरेर राष्ट्र बैंकले ८३ अर्ब ८५ करोड रुपैयाँ बजारमा पठाएको थियो । तर बैंकहरुले १ खर्ब ४५ अर्ब ८० करोड ७१ लाख ३१ हजार रुपैयाँ माग गरेका थिए ।  
 

All financial information at your fingertips.


शेयर गर्नुहोस