अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च मूल्यमा
२०८१ पुस २१ गते आइतबार ।
बैंकको खबर । नेपाली बजारमा आज अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च मूल्यमा कायम रहेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि एक अमेरिकी डलरको खरिददर १३६ रुपैयाँ १४ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५४ पैसा कायम गरेको छ ।
यस्तै युरोपियन युरो एकको खरिददर १४१ रुपैयाँ दुई पैसा र बिक्रीदर १४१ रुपैयाँ ६४ पैसा तोकेको छ ।
बेलायती पाउन्ड १ को खरिददर १७० रुपैयाँ छ भने बिक्रीदर १७० रुपैयाँ ७४ पैसा छ ।
त्यसैगरी, अष्ट्रेलियन डलर १ को खरिददर ८५ रुपैयाँ २१ पैसा र बिक्रीदर ८५ रुपैयाँ ५८ पैसा छ ।
क्यानेडियन डलर १ को खरिददर भने ९५ रुपैयाँ ११ पैसा र बिक्रीमा ९५ रुपैयाँ ५२ पैसा, कतारी रियाल १ को खरिददर ३७ रुपैयाँ २८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७३ पैसा तोकिएको छ ।
All banking information at your fingertips.