सुनको भाउ आज तोलामा दुई हजार रुपैयाँ बढ्यो

सुनको भाउ आज तोलामा दुई हजार रुपैयाँ बढ्यो

२०८१ पुस १९ गते शुक्रबार । 

अर्थतन्त्र । नेपाली बजारमा आज सुनको भाउ तोलामा २ हजार रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघले आज छापावाल सुन प्रतितोला २ हजार रुपैयाँले बढेर १ लाख ५३ हजार ५०० रुपैयाँ कायम भएको जनाएको छ । हिजो बिहीबार छापावाल सुनको मूल्य १ लाख ५१ हजार ५०० रुपैयाँ थियो । 

यता, आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेर १८ सय १० रुपैयाँ पुगेको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला १७ सय ९० रुपैयाँ थियो ।

२०८१ पुस १९ गते शुक्रबार । 


शेयर गर्नुहोस