बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन
![बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन](http://bankkokhabar.com.np/images/news/1735230939_pradhanmantri karyalaya.jpg)
२०८१ पुस ११ गते बिहीबार ।
बीमा खबर । सरकारले नेपाल बीमा प्राधिकरणका अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन गरेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले मङ्गलबारको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै उक्त जानकारी दिएका हुन् ।
मन्त्रिपरिषद्ले प्राधिकरणको अध्यक्ष नियुक्त गर्ने प्रयोजनका लागि नाम सिफारिस गर्न राष्ट्रिय योजना आयोगका सम्बन्धित क्षेत्र हेर्ने सदस्यको संयोजकत्वमा अर्थ मन्त्रालयका सचिव र ज्योतिचन्द्र ओझा रहेको सिफरिस समिति गठन गरेको हो ।
All banking information at your fingertips.