लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)को हकप्रदमा आवेदन दिने म्याद थप

लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)को हकप्रदमा आवेदन दिने म्याद थप

२०८१ पुस २ गते मंगलबार । 

बीमा खबर । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले हकप्रद सेयरमा आवेदन दिने म्याथ थप गरेको छ । इन्स्योरेन्सले मंसिर १२ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद सेयरमा आवेदन दिने म्याद थप  गरि पुस १७ गतेसम्म पुर्याएको छ । 

इन्स्योरेन्सले हाल कायम १ कित्ता सेयर बराबर नयाँ ०.८८४५१६८ कित्ता दिने गरी हकप्रद सेयर निष्काशन गरेको हो। 

हकप्रद सेयर निष्काशन प्रयोजनका लागि इन्स्योरेन्सले कात्तिक ९ गते बुकक्लोज गरेको थियो। यस अनुसार कात्तिक ८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले हकप्रदका लागि आवेदन दिन सक्नेछन्।

हकप्रद निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले इन्स्योरेन्सलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ए प्लस प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त सुरक्षित रहेको संकेत गर्दछ।

इन्स्योरेन्सको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ। 

हाल इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँटपछि इन्स्योरेन्सको चुक्ता पूँजी ५ अर्ब रुपैयाँ पुग्नेछ।


शेयर गर्नुहोस