पाँच दिन लगातार घटेको नेप्से आज बढ्यो

पाँच दिन लगातार घटेको नेप्से आज बढ्यो

२०८१ मंसिर २६ गते, बुधबार । 

बैंकको खबर । पछिल्लो पाँच कारोबार दिन लगातार घटेको सेयरबजार परिसूचक नेप्से आज बढेको छ । कारोबार अवधिको अधिकांश समय साइडवेज प्रवृति देखाएको बजार अन्तिम आवरमा बढेको हो । समग्रमा नेप्से परिसूचक ४५.८८ अंकले बढेर दुई हजार सात सय १५.७१ विन्दुमा रोकिएको छ । 

कारोबार भएका २४३ कम्पनीमध्ये २१२ वटाको सेयरमूल्य बढ्दा बजार हरियो बनेको हो । तर यसदिन २८ कम्पनीका सेयरधनीले कमाएका छन भने तीन कम्पनीको सेयरमूल्य स्थिर रहेको छ । 

 

पाँच अर्ब छ करोड ५४ लाख रुपैयाँ बराबरको एक करोड १३ लाख ८६ हजार आठ सय ५४ कित्ता सेयर किनबेच भएको छ । 

म्युचुअल फण्ड बाहेक सबै समूह बढेका छन् । आज बैंकिङ समूहमा धेरै आकर्षण देखियो । बैंकिङ समूह सबैभन्दा बढी ३.४३ प्रतिशतले बढेको छ । विकास बैंक १.६३, फाइनान्स १.८३, होटल तथा पर्यटन १.०५, जलविद्युत् १.९६ र लगानी ०.७९ प्रतिशतले बढेको छ । यस्तै जीवन बिमा समूह १.०७, उत्पादन तथा प्रशोधन ०.६०, लघुवित्त ०.४२, निर्जीवन बिमा १.०३, व्यापार १.५६ र अन्य समूह ०.५७ प्रतिशतले बढेको छ ।

न्यादी हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ९.९७ प्रतिशत बढेको छ भने खानीखोला हाइड्रोपावर सर्वाधिक ९.९९ घटेको छ । सबैभन्दा धेरै कारोबार जानकी फाइनान्सको ३६ करोड १५ लाख रुपैयाँको भएको छ । 


शेयर गर्नुहोस