महालक्ष्मी विकास बैंकको ऋणपत्र खरीद गर्ने आज अन्तिम दिन

महालक्ष्मी विकास बैंकको ऋणपत्र खरीद गर्ने आज अन्तिम दिन

बैंक खबर । महालक्ष्मी विकास बैंक लिमिटेडको ऋणपत्र खरिदका लागि आवेदन दिने आज (वैशाख ४ गते सोमबार) अन्तिमदिन रहेको छ । बैंकले चैत २९ गतेदेखि ऋणपत्र बिक्री खुला गरेको थियो । कम्पनीले १० वर्ष अवधिको वार्षिक ११ प्रतिशत ब्याजदर रहेको ‘११ प्रतिशत महालक्ष्मी डिबेन्चर २०८९’ नामको ऋणपत्र बिक्री निष्कासन गरेको हो ।

कम्पनीले १ हजार अंकित दरका १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र बिक्री गर्न लागेको । सोमध्ये ६० प्रतिशत अर्थात ६० करोड रुपैयाँ बराबरको ६ लाख कित्ता व्यक्तिगत तवरबाट र ४० प्रतिशत अर्थात ४० करोड रुपैयाँ बराबरको ४ लाख कित्ता सार्वजनिक निष्काशन गरेको हो । सो मध्ये २० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको छ । बाँकी ३ लख ८० हजार कित्ता ऋणपत्र सर्वसाधारणकालागि बिक्री खुला गरिएको बैंकले जनाएको छ । 
ऋणपत्र खरीदका लागि इच्छुकले न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् । 

कम्पनीको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । 
 

All financial information at your fingertips.


शेयर गर्नुहोस