सगरमाथा जलविद्युत कम्पनीले ५ प्रतिशत लाभांश वितरण गर्ने

सगरमाथा जलविद्युत कम्पनीले ५ प्रतिशत लाभांश वितरण गर्ने

कर्पोरेट । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८०/८१ सम्मको सञ्चित मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई ५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । 

कात्तिक ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांश आगामी वार्षिक साधारणसभामा लैजाने र त्यहाँबाट स्वीकृत भएपछि सेयरधनीमा वितरण हुने कम्पनीले जनाएको छ ।

२०८१ कात्तिक ९ गते शुक्रबार ।


शेयर गर्नुहोस