हाथवे इन्भेष्टमेन्टको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

हाथवे इन्भेष्टमेन्टको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं, कात्तिक ६ । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि कात्तिक ७ गते बुकक्लोज गर्दैछ। जसअनुसार कात्तिक ६ गते (आज)सम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीले साधारणसभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

हाथवेले कात्तिक २५ गते, आइतबार बिहान १० बजे आम्रपाली ब्याङ्केट, काठमाडौँमा १६औँ वार्षिक साधारणसभा बोलाएको छ। 

साधारणसभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव पारित गर्नेछ । 

All banking information at your fingertips.

 

 

 

२०८१ कात्तिक ६ गते मंगलबार ।


शेयर गर्नुहोस