आरएसडिसी लघुवित्तको लाभांश घोषणा, ९.५० प्रतिशत बोनस सेयर दिने

आरएसडिसी लघुवित्तको लाभांश घोषणा, ९.५० प्रतिशत बोनस सेयर दिने

बैंकको खबर । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । लघुवित्तले बोनस सेयर र सोको कर प्रयोजनसहित नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।

२०८१ कात्तिक १ गते बसेको लघुवित्त सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ९.५० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

सञ्चालक समितिले प्रस्ताव गरेको यो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीमा वितरण हुनेछ ।
 

All banking information at your fingertips.


शेयर गर्नुहोस