सेयरबजारमा घाटा भयो ? अब के गर्ने ? यी पाँच काम गर्नुहोस् 

सेयरबजारमा घाटा भयो ? अब के गर्ने ? यी पाँच काम गर्नुहोस् 

बैंकको खबर । यसपटक सेयरबजारमा नेप्से ३००० विन्दु पुग्दा तपाईले कति कमाउनुभयो ? प्रोफिट भएको भए त राम्रै भयो । तर लस भएको छ भने तपाईले फेरि पनि आफ्नो ट्रेडिङ स्ट्राटेजी रिभ्यु गर्नुपर्ने बेला भयो भनेर बुझ्नुहोला । नाफा कमाउन तपाई आफू डिसिप्लिनमा बस्नै पर्छ । 

त्यसका लागि के गर्ने ? आउनुहोस अब चर्चा गरौं सेयर किनबेच गर्नुअघि गर्नैपर्ने पाँच काम ।

पहिलो । अनुसन्धान :- तपाईले लगानी गर्न लागेको कम्पनीको वित्तीय स्वास्थ्य, समग्र इन्डस्ट्री र बजार प्रवृतिको विश्लेषण गर्न नविर्सनुहोस । आधाभूत र प्राविधिक दुवैको प्रयोग गर्नुहोस् । 

दोस्रो । स्पस्ट हुनुहोस :– कम्पनीले दिने प्रोफिट लिने की बजारमा हुने मूल्यवृद्धिबाट फाइदा लिने । त्यसमा स्पस्ट हुनुहोस ।

तेस्रो । जोखिम नियन्त्रण गर्नुहोस :– सेयर किन्दा खेरि नै कति नोक्सानी ब्यहोर्न सक्नुहुन्छ त्यो फिक्स गर्नुहोस । सम्भावित नोक्सानी कम गर्न स्टप–लस राख्नुहोस । 

चौथो । सूचना नछुटाउनुहोस :– तपाईको लगानीलाई असर गर्न सक्ने सूचना र सूचकहरुबारे आफुलाई सँधै अपडेट राख्नुहोस ।

पाचौं । अनुशासित हुनुहोस :– सबैभन्दा पहिला मार्केटको अप्स एण्ड डाउनमा आवेगपुर्ण निर्णय नगर्नुहोस । आफ्नो पुरानो रणनीतिमा अडिग रहनुहोस ।

यी बाहेक पनि सेयर कारोबारमा गर्नुपर्ने धेरै काम छन् । अहिलेलाई यति बुझ्नुहोस कुनैपनि लगानी दीर्घकालीन प्रयास हो । यसमा भावनात्मक प्रतिक्रिया मिसाउँदा खराव नतिजा निस्कन सक्छ ।  
 

All banking information at your fingertips.


शेयर गर्नुहोस