खल्ती र पीसीएसबीच एस.आई.पी.मा लगानी सेवा उपलब्ध गराउने समझदारी  

खल्ती र पीसीएसबीच एस.आई.पी.मा लगानी सेवा उपलब्ध गराउने समझदारी  

बैंक खबर । खल्ती र प्रेफेसनल कम्युटर सिस्टम (पीसीएस)बीच विभिन्न मर्चेन्ट एण्ड इन्भेष्टमेन्ट बैंकिङबाट सञ्चालित खुलामुखी लगानी योजनामा किस्ता भुक्तानी गर्ने  सेवा उपलब्ध गराउने समबन्धमा समझदारी भएको छ । सम्झौतामा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्का तथा बिएफआई विभाग प्रमुख प्रविन घिमिरे र पीसीएसका प्रमुख कार्यकारी अधिकृत मोहम्मद इल्ताफ हुसैन अन्सारी तथा वरिष्ठ व्यवसाय विकास अधिकृत किर्तनराज दाहालले हस्ताक्षर गरेका छन् । 

सम्झौता अनुसार खल्ती एपबाट विभिन्न मर्चेन्ट एण्ड बैंकिङले सञ्चालन गरेका खुलामुखी योजनामा लगानी गर्नमिल्ने सुविधा दिन पीसीएसले खल्तीलाई एपीआई उपलब्ध गराउने छ । 

यससँगै खल्तीका ग्राहकले मर्चेन्ट एण्ड इन्भेष्टमेन्ट बैंकिङबाट सञ्चालित खुलामुखी योजनाको एसआईपीमा सहजै लगानी गर्न र किस्ता बुझाउन सक्नेछन् । यसबाट खल्तीका ग्राहकले आफ्नो लगानीकालागि भुक्तान गर्नुपर्ने मासिक किस्ता बुझाउन सहज हुने विश्वास गरिएको छ । 

यो सुविधाले देशबाहिर रहेका नेपालीहरुले पनि खुलामुखी योजनामा खल्ती एप प्रयोग गरी एसआईपी लगानी गर्नसक्ने कम्पनीले जनाएको छ । 

All financial information at your fingertips.


शेयर गर्नुहोस