एक अंकले बढ्यो शेयर बजार, ८१ करोडको कारोबार 

एक अंकले बढ्यो शेयर बजार, ८१ करोडको कारोबार 

शेयर बजार । बुधबार सेयर बजार १ अंकले बढेको छ । परिसूचक नेप्से १९१९.४२ विन्दुमा बन्द भएको छ । अघिल्ला दुई दिन बढेर बन्द भएको बजार आज (बुधबार) सामान्य भएर बन्द भएको हो । 

कारोबार रकम पनि १ अर्ब भन्दा कम भएको छ । ८१ करोड ६२ लाख रुपैयाँ बराबरको २५ लाख ३९ हजार ४८ कित्ता शेयर किनबेच भएको छ । 

कारोबारमा आएका मध्ये ८७ कम्पनीको शेयरमूल्य बढेको छ भने ११४ कम्पनीको घटेको छ । १५ वटाको मूल्य स्थिर रहेको छ । 

बुधबार पनि सुपरमाई हाइड्रोपावरको शेयर १० प्रतिशतले बढेको छ । अर्को कालिन्चोक दर्शनको शेयरमूल्य पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । 

खप्तड लघुवित्तको सर्वाधिक ४.४१ प्रतिशतले घटेको छ । सर्वाधिक कारोबार हुनेमा एनआइसी एशिया बैंकको रहेको छ । यो बैंकको ३ करोड ५६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । 

All financial information at your fingertips.


शेयर गर्नुहोस