लघुवित्त वित्तीय संस्थालाई मर्जरमा जान प्रोत्साहन

लघुवित्त वित्तीय संस्थालाई मर्जरमा जान प्रोत्साहन

बैंक खबर । राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत लघुवित्त वित्तीय संस्थाहरु तथा तीनका शाखाहरुबीचको मर्जर तथा प्राप्तिलाई प्रोत्साहित गरिने भनेको छ । 

लघुवित्त वित्तीय संस्थाको सेवासम्बन्धमा रहेका गुनासाको सम्बोधन गर्दै ग्राहक हित संरक्षण गर्न अन्तर्राष्ट्रिय असल अभ्यास समेतका आधारमा ग्राहक हित संरक्षणलाई प्राथमिकतामा राखी आवश्यक नियामकीय व्यवस्था गरिने उल्लेख गरेको छ ।

लघुवित वित्तीय संस्थाहरुले कर्जामा लिने ब्याजदर तथा सेवा शुल्कसम्बन्धी नियामकीय व्यवस्थामा समसामयिक पुनरावलोकन गर्ने भएको छ ।

परिस्थितिवश ऋण तिर्न नसकेका लघुवित्तका ग्राहकलाई निश्चित प्रतिशत ब्याज भुक्तानी गरी कर्जा पुनर्तालिकीकरण गर्न सक्ने व्यवस्था गर्ने उल्लेख छ ।

कुनै निश्चित प्रदेश वा क्षेत्रमा आफ्नो कार्यक्षेत्र सीमित राखी कार्य गर्ने लघुवित्त वित्तीय संस्थालाई प्रोत्साहन गर्न थप व्यवस्था मिलाउने भएको छ । 

लघुवित्त वित्तीय संस्थाहरुमा एनएफआरएस लागू गर्न आवश्यक व्यवस्था गरिने पनि मौद्रिक नीतिमा उल्लेख  छ ।
 

All finanical information at your fingertips.


शेयर गर्नुहोस