गुराँस लाइफले डाक्यो साधारणसभा, लाभांश र मर्जरसम्बन्धी प्रस्ताव पारित गर्ने

गुराँस लाइफले डाक्यो साधारणसभा, लाभांश र मर्जरसम्बन्धी प्रस्ताव पारित गर्ने

बीमा खबर । गुराँस लाइफ इन्स्योरेन्सले वैशाख ६ गते १३ औं वार्षिक साधारणसभा आह्वान गरेको छ । इन्स्योरेन्सले काठमाडौंको तिनकुनेस्थित प्रधान कार्यालयमा बिहान साढे १० बजे साधारणसभा डोकेको हो । 

साधारणसभाले सञ्चालक समितिबाट प्रस्तावित लाभांश र मर्जर सम्बन्धी प्रस्ताव पारित गर्नेछ । 

इन्स्योरेन्स सञ्चालक समितिले आर्थिक वर्ष २०७७७८ को नाफाबाट प्रस्ताव गरेको चुक्तापूँजीको १३ प्रतिशत बोनस शेयर पारित गर्नेछ । 

यस्तै साधारणसभाले गुराँस, युनियन र प्राइम लाइफ इन्स्योरेन्सबीच एक आपसमा गाभ्ने गभिने सम्बन्धी प्रस्ताव पनि पारित गर्नेछ । तीन कम्पनी एक आपसमा गाभिएपछि हिमालयन लाइफ इन्स्योरेन्सबाट कारोबार सुरु हुनेछ । 
तीन वटै इन्स्योरेन्सको चल अचल सम्पत्ति तथा दायित्व मूल्यांकनको आधारमा शेयर स्वाप रेसियो बराबर गरी मर्जरकार्यलाई अन्तिम स्वीकृति दिने प्रस्ताव पनि पारित गर्नेछ । 

इन्स्योरेन्सले साधारणसभा प्रयोजनका लागि चैत २३ गते एक दिन बुकक्लोज गर्ने भएको छ । चैत २२ गतेसम्म कायम शेयरधनी साधारणसभामा सहभागि हुन र लाभांश प्राप्त गर्न सक्नेछन् । 
 

All financial information at your fingertips.


शेयर गर्नुहोस