सेयरबजार ३२ अंक बढ्यो, १४ अर्ब १३ करोडको कारोबार

सेयरबजार ३२ अंक बढ्यो, १४ अर्ब १३ करोडको कारोबार

सेयर खबर । सेयरबजारमा बिहीबार नेप्से परिसूचक ३२ अंकले बढेर २५६८.१३ विन्दुमा पुगेको छ । १४ अर्ब १३ करोड रुपैयाँको तीन करोड ५५ लाख ९४ हजार ८६८ कित्ता सेयर किनबेच भएको छ । 

कारोबार भएका दुई सय ४२ कम्पनीमध्ये एक सय ४२ वटाको सेयरमूल्य बढेको छ भने ९७ वटाको घटेको छ । तीन कम्पनीको सेयरमूल्य स्थिर रहेको छ । 
लगानीकर्ताको सम्पत्ति ५० अर्ब रुपैयाँ बढेको छ । बजार पुँजीकरण ४० खर्ब ७४ अर्ब रुपैयाँ कायम भएको छ । 

विकास बैंक, जलविद्युत, लगानी र अन्य समूह घटेका छन भने बैंकिङ, फाइनान्स, होटल तथा पर्यटन, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, म्युचुअल फण्ड, निर्जीवन बीमा र व्यापार समूह बढेका छन् । 

उपकार लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य १० प्रतिशत बढेको छ । जीवन विकास लघुवित्त र एसियन हाइड्रोपावरको सेयरमूल्य ९.९९ प्रतिशत बढेको छ । मितेरी विकास बैंकका सेयरधनीले सबैभन्दा धेरै ७.६५ प्रतिशत गुमाएका छन् । 

सानिमा जेनरल इन्स्योरेन्सको सेयर कारोबार सर्वाधिक ३४ करोड १७ लाख रुपैयाँ बराबरको भएको छ । 

All financial information at your fingertips.


शेयर गर्नुहोस