आर्थिक वर्ष २०८०/८१मा करिब ७ प्रतिशत बढ्यो नेप्से

आर्थिक वर्ष २०८०/८१मा करिब ७ प्रतिशत बढ्यो नेप्से

सेयर खबर । आर्थिक वर्ष २०८०/८१मा सेयरबजार परिसूचक नेप्से करिब सात प्रतिशत बढेको छ । २०८० असार ३१ गते २०९७.०९ विन्दुमा रहेको नेप्से २०८१ असार ३१ गते २२४०.४१ विन्दुमा कायम भएको छ । 

अंकका आधारमा एक वर्षमा नेप्से १४३.३२ अंकले बढेको छ । 

गत आर्थिक वर्षको पहिलो महिना असारको ७ गतेसम्म नेप्से बढेको थियो । २०८० असार ८ गते नेप्सेले २२४४.१३ विन्दु छोएको थियो । तर त्यही दिन देखि नेप्सेमा गिरावट देखियो । त्यसपछि २०८० मंसिर ६ गते नेप्से १८१६.४० विन्दुसम्म झ¥यो । त्यसपछि सुधार देखिन थालेको नेप्से आर्थिक वर्षको अन्तिममा सरकार परिवर्तन हुने भएपछि उच्च विन्दुले बढ्यो ।

नेप्से दुई वर्ष यताकै उच्च विन्दुमा पुगेर रोकियो । उतारचढावका बीच लगानीकर्ताले आर्थिक वर्षको अन्तिममा केही राहत महसुस गरेका छन् । आर्थिक वर्षको अन्तिम कारोबार दिन मात्रै ८ अर्ब रुपैयाँ भन्दा बढीको सेयर कारोबार भयो ।  
 

All financial information at your fingertips.


शेयर गर्नुहोस